Gold
Bangad salyan

राष्ट्रपति भण्डारीले कोरोनाविरुद्दको खोप लगाईन ,

चैत २ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकी छन् । उनले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाएकि हुन् ।

भण्डारीले खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो उमेर समूह कुरेर बसेको तर मित्रराष्ट्र (बंगलादेश)को भ्रमण गर्नुपर्ने भयो तेसैएल खोप लगाएकि हु भनेकी थिइन्।

सबैले निर्धक्कसंग खोप लगाउन पनि राष्ट्रपतिले अपिल गरेकी हुन्। कसैले केहि शंका गर्नु पर्दैन ,नयाँ भएको हुनाले केही शंका लाग्नु स्वाभाविक हो तर धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क भएर खोप लगाउन उनले अनुरोध गरिन । नेपालमा कोरोना खोप अभियान १४ माघबाट सुरु भएको छ।