Gold
Bangad salyan

उपचार भईरहेका कांग्रेस नेता जोशीलाई सामाजिक संजालभरि हार्दिक श्रदान्जली ,

चैत ४ ,काठमान्डौ – पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भईरहेको छ, तर बिहानैदेखि उनलाई सामाजिक संजालभरि हार्दिक श्रदान्जली भनेर शोक ब्यक्त गरिएको छ ।

जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो ,उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

अस्पताल श्रोतका अनुसार पहिले जोशीलाई सुधार भएपनि अहिले फेरी स्वास्थ्य समस्या आईरहेको छ ,हामीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौ ,अस्पताल श्रोतले रंग दर्पणसंग भन्यो।