केपी ओलीका साईबर स्यालहरु अझै गलत सुचना सम्प्रेषण गर्दै छन्रे ?नेपाल ,
चैत ४ ,काठमान्डौ – नेकपा एमालेका नेता माधव कुमार नेपालले आफूहरूले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर साईबर स्यालहरुले ‘फेक’ सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका छन्।
नेपाल खनाल समूहको आज देखि सुरु भएको कार्यकर्ता भेलालाई स्थगित भयो भनेर योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सुचना सम्प्रेषण गरि साईबर स्यालहरुले स्थगित भयो भन्दै गलत सुचना दिएको पनि पाईएको छ।
नेपालले भने म आफैँ पनि हेरेँ के पो आएछ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ।’अहिले पनि साइबर स्यालहरू ज्युँदै रहेछन्। यो साइबर स्यालहरू अझै पनि बाँचिरहेका रहेछन्। नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन्।
साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन् नेपालले भने । यो पार्टी निर्माणसंग जोडीएको र पदको लडाई नरहेको हुँदा गलत संचार पोस्ट नगर्नपनि नेपालले बताए।

