आज थप १०७ कोरोना संक्रमित थपिए एक जनाको निधन ,
चैत ५ ,काठमान्डौ – गत २४ घन्टामा ३,२५४ जनाको पिसिआर परिक्षन गर्दा थप १०७ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै नेपालमा आज सम्म संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ६२५ रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तेस्तै पछिल्लो २४ घन्टामा ६० जना संक्रमित निको भएका छन् यो संगै हाल सम्म कोरोनालाई जित्नेको संख्या २ लाख ७१ हजार ६१० रहेको छ।
तेस्तै आज थप एक जनाको कोरोनाबाट निधन भएपछि कुल ३,०१५ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। मुलुकभर १ हजार जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

