Gold
Bangad salyan

नेपाल खनाल समूहले संसदीय दल र केन्द्रीय कमिटीको दुबै बैठक बहिस्कार गर्यो ,

चैत ६ ,काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले भोलि शनिबार अध्यक्ष केपी शर्मा ओ‌लीले बोलाइएको संसदीय दल र केन्द्रीय कमिठी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बानेश्वरमा बसेको बैठकले प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म भोलिका लागि आह्वान गरिएका केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने निर्णय गरेको हो ।

बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने,’तर ओलीको निजि निवासमा राखीएको बैठकमा नजाने खनाल-नेपाल समूहको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतको फैसलाले एकतापछिको नेकपा अवैध ठहर्‍याउँदै एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । लगतै प्रधानमन्त्री ओलीले २८ फागुनमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर पार्टीमा विधान संशोधन, जिम्मेवारी हेरफेर गरेका थिए ।

केपी ओलीले पार्टी महाधिवेशन तोक्दै माओवादी केन्द्रबाट प्रवेश गरेका २३ जनालाई केन्द्रीय समिटीमा मनोनित गरेका थिए भने खनाल-नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए । तेस्पछि असन्तुस्ट बनेको खनाल नेपाल समूहलेपनि ललितपुरमा चैत ४ र ५ गते राष्ट्रिय भेला गरेका थिए ।

भेलाले एमालेलाई एकताबद्ध पार्ने र देशभर संगठात्मक अभियान चलाउनेलगायतका निर्णय गरेको थियो । खनाल-नेपाल समूहले माओवादी केन्द्रसँगको एकता पूर्वको अवस्थाबाट पार्टीलाई अगाडि बढाउनु पर्ने माग गरेको छ ।