बर्दियामा महिलामाथि आक्रमण गरेको बाघ खोरबाट फेरी बाघ्यो सावधान रहन आग्रह ,
चैत १० ,बाँके – केहिदिन अगाडीमात्र बर्दियामा महिलामाथि आक्रमण गरेर ज्यान लिएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समोतर खोरमा थुनेर राखेपनि बाघ भागेर फेरी जंगल पसेको छ।
गत चैत ५ गते निकुञ्ज क्षेत्रबाट समातेर बाघलाई खोर्म राखीएको थियो तर बाघले खोरको एंगल भाँचेर गंजल पसेको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नियन्त्रणमा लिईएर खोरमा राखीएको थियो ।
बाघ मंगलबार बिहान ४: ४५ बजेसम्म उक्त खोरमै रहेको सिसी टिभी फूटेजमा देखिएको छ तर ६ बजेतिर बाघ खोरबाट डन्डी बंग्याएर भागिसकेको बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहले बताए।बाघ थुनेको खोरबाट निस्किएर आफ्नो बास्थान्मातिर गएपछि निकुञ्जले सार्वजनिक सूचना जारी गरि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
तेस्तै कोहि कसैले उक्त बाघलाई देखेमा तत्काल निकुञ्जमा सूचना दिनपनि निकुञ्जले आग्रह गरेको छ भने साईकिल ,मोटरसाईकल अटो रिक्सामा स्वर नगर्न समेत सर्वसाधारणलाई आग्रह गरेको हो। बर्दियामा बाघको आक्रमणबाट फेरी एक जना महिलाको ज्यान गएको छ।
भागेको बाघले गत ४ गते आक्रमण गर्दा बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा निगुरोको साग टिप्न गएकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ६२ वर्षीया डल्ली रावतको मृत्यु भएको थियो ।केहि महिना पहिलेपनि बर्दियामा बाघको आक्रमणबाट कैलालीकि एक महिलाको मृत्यु भएको थियो। उक्त क्षेत्रमा हाल सम्म बाघको आक्रमणबाट १० जनाको मृत्यु भईसकेको छ।

