Gold
Bangad salyan

ओई केपी ओली हावा फुसकाईदिम नेपाल ,

चैत १० ,काठमान्डौ – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई अध्यक्ष केपी ओलीले फुटाउने गरेको आरोप लगाउदै ओलीको हावा फुसकाईदिने बताएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले सोधेको स्पस्टिकरणले आफुलाई केहि फरक नपर्नेपनि बताए। तेस्तै नेपालले ओली एमाले नभई बिमाले भएको र सच्चा एमाले आफु भएको बताउदै ओलीले पार्टी छोडेर जानपनि आग्रह गरेका छन्।

हामी केपी ओलीको स्पष्टीकरणबाट तर्सिएका छैनौँ। मैदान छोडेर भाग्नेवाला छैनौं। पार्टी हामी फुटाउनेवाला छैनौँ ,पार्टी फुटाउने केपी ओली हुन्। पार्टी केपी ओलीले फुटाउछन्। हामी पार्टी फुटाउँदैनौँ नेता नेपालले भने। आफु टाढा नजाने र पार्टीभित्रको समस्या संग समान गर्ने नेपालले बताए।

केपी ओली सुरुदेखिनै गुटबन्दीमा अलागेका व्यक्ति हुन् ,उनलाई नचिन्ने को छ कसलाई अनुशःसनाको कारबाही गर्ने र निकाल्ने भनेको हो हिमत छ निकाल्नुहोस भन्दै नेपालले आक्रोस पोखेका हुन्।

लामो संघर्षबाट ठाँउमा अपुगेको मान्छेले पार्टी र जनतालाई ढोका दिएको भन्दै ओलीको अहंकारी जीवनभर सम्झीरहने नेपालले बताए। तेस्तै नेपालले पार्टीको ९ औं महाधिवेशनले अगाडि सारेको दस्तावेज पढ्नसमेत उनले विद्यार्थी नेतालाई अनुरोध गरेक छन् ।