Gold
Bangad salyan

संक्रमण उच्च देखिए लकडाउन हुनसक्छ स्वास्थ्य मन्त्रालय ,

चैत ११ ,काठमान्डौ – स्वाथ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण उच्च देखिए लकडाउन हुनसक्छ बताएको छ। मानिसहरुले भिडभाड गर्ने ,माक्स नलागाउने समजिक्दुरी कायम नराख्ने तथा भिडभाड गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।

पछिल्लो समय कोरोना उकालो लागेको पनि उनले बताए ,दैनिक जस्तो कोरोना संख्या बढिरहेको हुँदा सबैले ध्यान पुर्याउने पर्ने अधिकारीले जानकारी गरे। तेस्तै यो वर्षको होलि पर्व सबैले घरमै बसेर नमाउनुपर्ने स्वस्थ्य मन्त्रालयले जनाएको छ।

यसपाली होली पर्व पहाडमा चैत्र १५ गते र तराईमा १६ गते मनाइँदैछ। पछिल्लो २४ घन्टामा १४५ जनामा कोरोना भाइस (कोभिड-१९) संक्रमण देखिएको छ। ३९ सय ६३ स्वाब पीसीआर गर्दा १४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ। बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।