Gold
Bangad salyan

एमाले पार्टी कार्यालय निरिक्षण गर्न पुग्दा ओलीलाई रोबर्टले स्वागत ,

चैत ११ ,काठमान्डौ – नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट अब थापाथलीमा सर्ने भएको छ। एमालेले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको एक व्यवसायीको घरलाई पार्टी कार्यालय बनाउन लागेको हो।

आजै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय भवनको निरीक्षाण गरेका छन्। निरिक्षनमा कार्यालय बनाउन घर उपयुक्त रहेको ओलीले बताएका छन्।

घर पाँच वर्षको लागि भाडामा लिएको र भाडाको विषयमा भने फाईनल कुरा भईनसकेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। तेस्तै आज पार्टी कार्यालय हेर्न प्रधानमन्त्री ओली पुग्ने भनेपछि कार्यालय बनाउने भनिएको घरको मूल ढोकामा केपी ओलीको तस्विर दुईतर्फ़ राखीएको थियो।

तेस्तै भित्र रोबर्ट पनि राखीएको छ भने कार्यालय सजावट समेत सुरु भईसकेको छ। २०७२ सालको भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो ।