Gold
Bangad salyan

काङ्ग्रेस नेता नविन्द्रराज जोशीको निधन ,हार्दिक श्रद्धाञ्जली,

चैत १३ काठमान्डौ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

उनलाई भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो । मस्तिष्कघात भई फागुन १४ गते नर्भिक अस्पताल भर्ना भएका जोशीको शुक्रबार बिहानदेखि मुटुले काम गर्न छोडेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो । पूर्व उद्योगमन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए ।

५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

जोशीको निधनले नेपाली काङ्ग्रेसलाई अपुर्ननिय क्षति भएको काङ्ग्रेस सभापती शेर बहादुर देवाले बताएका छन । जोशीलाई समाजिक संजालभरी सम्झिने र  श्रद्धाञ्जली दिनेको लहर छ ।