धनगढीमा केपि ओलिको पुत्ला दहन र मुर्दावादका नारा ,
चैत १७, धनगढी – धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहका भ्रातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो।
केपी शर्मा ओलीले अवैधानिक तरिकाले माधव नेपाल र भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघका नेता तथा कार्यकर्ताले पुत्ला दहन गरेको हुन्।
केपी शर्मा ओलीले अवैधानिक तरिकाले नेता नेपाल र रावलमाथि कारबाही गरेको विरोधमा पुत्ला जलाइको युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले बताए।
श्रेष्ठले भने, ‘यसमा युवासङ्ह सुदूरपश्चिम प्रदेशको घोर आपत्ति छ। पुत्ला दहनसङगै संघका नेताहरूले केपि ओलि मुर्दावाद , भिम रावल जिन्दावादका नारा लगाएका छन ।