Gold
Bangad salyan

भारत पुगेका किशोरीको प्रहरीलाई जवाफ गायिका बन्न हिडेका हौ ,

चैत १८ ,महोत्तरी- मोत्तरीबाट वेपत्ता भएका किशोरी र बालिका गरी ७ जनालाई नेपाल ल्याउन केहि समय लाग्ने भएको छ। किशोरी लिन महोतरीबाट नेपाल सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली बुधबार बिहार सीतामढी पुगेको छ ।

तर बालिका तथा किशोरीको स्वास्थ्य परीक्षण लगायत अन्य कागजी प्रक्रिया पूरा नहुँदा उनीहरुलाई नेपाल ल्याउन ढिलाइ भएको हो । भारतमा बालबालिकाको हकहितका लागि काम गर्ने सीडब्लुजी, वाइलाइन लगायतका संघ संस्थाहरुले उद्धार गरिएका बालिका र किशोरीसँग छुट्टाछुट्टै सोधपुछ र कानुनी प्रक्रिया पूरा भएपछि बिहीबार मात्रै नेपाल ल्याउन सकिने सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआइजी सीपी गौतमले बताए ।

तेस्तै उद्दार गरिएक सातै जनाको कोरोना परीक्षण गरेर मात्रै नेपाल पठाइने सीतामढी रेल्वे प्रहरीका प्रमुख अशोक कुमारले बताए । भंगाहामा मंगलबार घाँस काट्न गएका ७ जना किशोरी तथा बालिकालाई वेपत्ता भएका थिए ,खोजितालास पछि उनीहरु भारत, बिहारको सीतामढीमा फेला परेका थिए ।

वेपत्ता भई फेला परेका भंगाहा नगरपालिका,८ धर्मपुरका १८ वर्षीया अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया अर्चना पासवान र रिया पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान छन् ।

भारतको सीतामढीस्थित रेल्वे स्टेशनमा अलमलमा अलमलमा परेका किशोरोले गायिका बन्ने सपना बोकेर भारत आएको भारतीय प्रहरीलाई जवाफ दिएका छन्। प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई खबर गरेपछि उनीहरुलाई किन भारत आएको भनेर सोध्दा उनीहरुले गायिका बन्ने सपना रहेको भन्दै जवाफ दिएका थिए।

१८ वर्षीया अस्मिता सितापुर उच्च माविमा कक्षा १२ मा अध्ययन गरिरहेको परिवारले जनाएको छ । अन्य किशोरीहरु सोही विद्यालयको कक्षा ७ र ८ मा अध्ययन गर्ने छात्रा हुन् ।ति मध्ये १५ वर्षीया अर्चना विद्यालयमा सांस्कृतिक कार्यक्रम हुँदा गायनमा भाग लिने गरेको परिवारले बताएको छ ।

आफ्नी नातिनीले गीत गुनगुनाइरहने गरेको गरेको अर्चनाका हजुरबुबा धरमनाथ पासवानले बताएका छन् उनीहरुलाई भोलि सम्ममात्र नेपाल ल्याउने र परिवारो जिम्मा लगाउने प्रहरीले बताएको हो ।