नौ बजेपछि रात्रिकालिन सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ,
चैत २५ ,काठमान्डौ – सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न जानकारी गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा कडाई गरेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको भन्दै सचेत हुन सबै शैक्षिक संस्थालाई अनुरोध गरेको छ ।
मन्त्रालयले लोखिम बढेका ठुला शहरमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भिड भाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडीका साथ् अनिवार्य पालना गर्न गराउन सबै सरोकारवालामा अनुरोध गरेको हो।
तेस्तै सबै जिल्ला प्रशासन कार्यालयलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गरेर सार्वजनिक स्थलमा मास्को प्रयोग अनिवार्य गर्न भनेको मन्त्रालयको अनुरोध छ ।