Gold
Bangad salyan

सर्वोच्चको अन्तरिम आदेश बिस्केट जात्रा नरोक्नु ,

चैत २५ ,काठमान्डौ – सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन भैरवनाथको रथ तान्ने र लिङ्गो उठाएर मनाइने यो जात्रा हजारौँको सहभागितामा रथ तान्नेगरिन्छ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको थियो ।

त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । भक्तपुर नगरपालिकाले भने स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो टोलको जात्रा मनाउन आह्वान गरेको थियो ।

गत वर्षपनि कोरोना संक्रमण देखाउदै यो जात्रा स्थगित गरिएको थियो ,सरकारले यो वर्षपनि बिस्केट जात्रामा रोक लगाएपछि स्थानीयले विरोध जनाउदै आएका हुन्। सोहि आधारमा सर्वोच्चले जात्रा नरोक्न आदेश दिएको हो।