Gold
Bangad salyan

निरङ्कुश केपी ओली सरकारले मलाई गिरफ्तार गरेको आज एक वर्ष भएछ समाजसेवी भिम उपाध्याय ,

बैशाख १० ,नेपाल सरकारका पूर्वसचिव भिम उपाध्या (मनमौजी) ले आफुलाई निरङ्कुश केपी शर्मा ओली सरकारले गिरफ्तार गरेको आज ठिक एक वर्ष भएको स्मरण गरेका छन्। भिम उपाध्याले सामाजिक संजालमा लेखेकै भरमा गत वर्ष आजैकि दिन राति ९ बजे गिरफ्तार गरेको थियो।

गिरफ्तारपछि लाखौ लोकतन्त्रप्रेमी देश विदेशमा रहेका नेपालीहरू, पेशागत संघ संगठन, राजनीतिक दलहरू( नेकपाबाहेक), मानवअधिकारबादी ब्यक्तित्व, रेडिओ, टिभी, पत्रिका, मानवाधिकारबादी संस्था, बुद्धिजीवीहरूले गैरकानुनी गिरफ्तारीको भर्त्सना गर्दै तत्काल रिहाईको माग गरेका थिए।

चौतर्फी केपी ओली सरकारको विरोध भएपछि उनलाई रिहाई गरिएको थियो। तेस्तै उपाध्यालाई ५ दिन सम्म निरङ्कुश ओली सरकारले ५ दिनसम्म सोसल मिडिया, अन्य मिडिया र कुनै जनसम्पर्कबाट बन्चित समेत गरेको थियो ।

उपाध्याय बिरूद्धको मुद्दामा गत माघ १८ गते सम्मानीत अदालतले निराधार भन्दै उनलाई सफाई दिएको थियो। उपाध्याले आजको दिनलाई एक विशेष दिन भनेर सामाजिक संजालमा समजीएका छन् भने आफ्ना सुभचिन्तकका प्रतिक्रियाहरु स्क्रिनशट पोस्ट गर्दै सबैमा धन्यवाद गरेका हुन् ।

भिम उपाध्याय करोडौ नेपाली जनता ,दिन दुखि, गरिब, असहायको मन मुटुमा बसेको नाम हो। उपाध्याले नेपाल सरकारको विभिन्न पदमा रही ३९ वर्ष जनताको सेवामा समर्पित भएका थिए। उनले अहिले लाखौ दु:खि जनताको घाउमा अमलम लगाउने गरेका छन्। उपाध्याले अनगिन्ति रुपमा नेपाली जनतालाई सहयोग उपलब्ध गराएका छन्।

स्वच्छ छवि, ईमान्दार ,गहन ब्याक्तित्व उपाध्याले जे देख्यो तेही लेख्ने र राख्ने गर्दछन। अहिले पनि उनले देश भित्र भएका विभिन्न काम कारबाही र उपलब्धिको जनतासामु सामाजिक संजालमार्फत प्रतिक्रिया दिने गरेको पाईन्छ। उनलाई करोडौको जनताले साथ सपोर्ट गरिरहेका छन्।