कोरोनाको दुबै डोज खोप लगाएका चिकित्सकलाई नै देखियो कोरोना,

बैशाख ११ ,काठमान्डौ – कोरोना संक्रमणबाट बच्न खोप लगाएपनि तिनै व्यक्तिमा धमा धाम कोरोना देखिन थालेको छ। कोरोनाको दुवै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण देखिएको छ।

ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल खोप लगाएपछि संक्रमित बनेका हुन् भने उनकी पत्नी पनि संक्रमित बनेकी हुन् । शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको रंग दर्पणलाई प्राप्त भएको हो ।

नेपालमा कोरोना भ्याक्सिन लगाउन सुरु गरेपछि सबै भन्दा पहिले चिकित्सकहरुलाई लगाईएको थियो। पहिलो चर्नामा खोप लगाएका नेपालले दोश्रो दोज्को खोप वैशाख ८ गते लगाएको बताए। दुवै खोपको डोज लगाईएपनि कोरोना संक्रमित हुनुले खोप लगाएपनि कोरोना यथावत रहने चिकित्सकहरु बताउछन।