Gold
Bangad salyan

राष्ट्रिय जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात गण्डकी प्रदेशसभा बैठक स्थगित,

बैशाख १५ ,काठमान्डौ – राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

अज्ञात रहेको भनेर उक्त पार्टीको सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको हो ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गरिएको छ।

प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको थियो, उक्त प्रस्तावमा बुधबार मत विभाजन हुने कार्यसूची रहेको थियो ।