Gold
Bangad salyan

मेरो दुर्घटनाको समचार गलत हो गायक प्रमोद खरेल ,

बैशाख १८ ,काठमान्डौ – गायक प्रमोद खरेलले आफ्नो दुर्घटनाको समाचार झुठो रहेको बताएका छन्। तेस्तै आफ्नो बारेमा गलत समाचार लेख्नेहरुप्रति गायक खरेलले खेद प्रकट गरेका हुन्।

भ्वाईस अफ नेपाल सिजनका जज गायक प्रमोद खरेल एक कार्यक्रमबाट फर्किदा दुर्घटना भई अस्पताल भर्ना भएको र अस्पताल श्रोतका अनुसार अब गायक खरेल कहिले हिडदुल गर्न नसक्ने भन्दै संचार सम्प्रेषण गरिएक थिए।

यस्ता समचारले आफुलाई सारै तनाब दिएको पनि प्रमोदले बताएका छन्। आफुलाई देश विदेशबाट आफ्ना सुभचिन्तकले आफ्नो समचारबारे रात दिन चिन्ता लिएर फोन म्यासेज गरिरहेको र आफुले उक्त समचार झुठो रहेको आए लाईभ मार्फत जानकारी गराएका हुन्।

तेस्तै आफ्नो टिआर्पि बढाउन एकछिन गलत समचार सम्प्रेषण गर्नु गलत रहेको र अब देखि यस्तो कार्य नगर्न पनि खरेलले सुझाव दिएका छन्।तेस्तै आज मात्र गायक प्रमोद खरेलको गीत सिन्दुरको धर्को बजारमा सार्वजानिक भएको छ।