Gold
Bangad salyan

भारतबाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द ,

बैशाख २० ,काठमान्डौ – सरकारले आगामी विहीबारदेखि भारतबाहेक अन्य सबै अन्तर्राष्ट्रिय उडान बन्द गराएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैंठकले वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।

यस्तै सरकारले नेपाल भारतबीच ‘एयर बबल’ मा आधारित उडान कायम राख्दै सातामा दुई उडान भने कायम रहने जानएको छ । यी उडानबाट नेपाल आउने यात्रु अनिवार्य १० दिन सरकारले तोेकेको होटेल क्वारेन्टिनमा बस्नुपर्ने छ ।