गल्ली गल्लिमा माईकिङ् गर्दै प्रहरीको गाडी पसल बन्द गरौ ,
बैशाख २२ ,काठमान्डौ – प्रहरीको गाडी काठमान्डौका गल्ली गल्लीमा साईरन बाजाउदै पसल बन्द गर्न लगाउदै सर्च गरिरहेको छ। आज देखि उपत्यकामा बिहान ९ बजे सम्म पसल खोल्न पाईने तर सांझापाख भने पसल खोल्न नपाइने सरकारले निर्णय गरेको छ।
महानगरीय प्रहरी परिसर काठमान्डौले उपत्यकाका गल्लि टोलमा माईकिङ्ग गर्दै पसल बन्द गराउदै हिडेको छ। तेस्तै दैनिक प्रहरीले गस्ती समेत गरिरहेको छ। कोरोना संक्रमणले उग्र रुप लिन थालेपछि सरकारले २९ गते सम्म निषेधाज्ञा थप गरेको छ।
तेस्तै सरकारले आन्तरिक बाह्य उडानपनि स्थगित गरिसकेको छ ,भारतसंग भने सातामा दुई पटक उडान हुने सरकारले निर्णय गरेको छ ,तेस्तै निषेधाज्ञा थप गरेपनि नागरिकको लागि सरकारले हाल सम्म कुनैपनि राहत प्याकेजको घोषणा गरेको छैन ।

