Gold
Bangad salyan

नेपालमा कोरोनाका बिरामी अक्सिजन नपाएर छटपटि सिलिण्डर भने भारततर्फ कालोबजारी ,

बैशाख २२ ,काठमान्डौ – नेपालमा कोरोनाका बिरामी अक्सिजन नपाएर छटपटिदै गरेकोबेला अक्सिजनका सिलिन्डर भारतमा कालोबजारी गरेको पाईएको छ।

भारततर्फ अक्सिजनको सिलिण्डर तस्करी गरेको आरोपमा प्रहरीले मंगलबार महोत्तरीमा तीन जनालाई प,क्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ बर्षीय जमरुदिन राईन, वडा नम्बर २ बस्ने ५० बर्षीय दिनेश कुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ बस्ने विपिन चौधरी रहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले बताए ।

उनीहरुले प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७÷७ किलोको २ थान भरिएको अक्सिजन सिलिण्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट पक्राउ गरेको बताएको छ। सोमबार राति ८ बजेतिर भारततर्फ लग्ने क्रममा उनीहरुलाई अक्सिजनको सिलिण्डरसहित पक्राउ गरि नियाँत्रन्म लिएर नुसन्धन भईरहेको विष्टले बता।

धनगढीका अस्पतालहरूमा अक्सिजन ग्याँस तथा सिलिण्डरको चरम अभाव सिर्जना भएको बेला अमित ड्रग्स हाउसले ६५० थान अक्सिजन सिलिन्डर लुकाइएको अवस्थामा फेला परेको छ। यसमध्ये ४८ थान अक्सिजन भरिएको पाईएको हो ।