Gold
Bangad salyan

मानवता हराएको एमाले तिन दिन सम्म आफ्नै वडा अधय्क्षको शव उठाउन नमान्दा तरुणदलले उठायो

वैशाख २९ ,वुटवल – वुटवल वडा न ७ का एमालेका वडा अध्यक्ष नवीन थापाको शवमाथि नेकपा एमालेले मानवता गुमाएको छ। मृतक थापाको शव तिन दिन सम्म उठाउन कोहि अघि नबढेपछि नेपाल तरुण दलका युवाहरुले शव उठाएर दाहासंस्कार गरेका हुन्।

तिन दिन सम्म एमालेले शव उठाउन ईन्कार गरेपछि नेपाल तरुण दल (काङ्ग्रेस) वार्डका सभापति रबि गौचनको नेतृत्वमा स्थानीय युवाहरू मिलेर थापाको शवलाई व्यवस्थापन गरेका हुन्। तरुणदलले उनको पार्थिव शरीरमा एमालेकै झण्डा राखेर मगरघाटमै श्रद्धाञ्जली दिएको हो।