वालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी
वैशाख ३० ,काठमान्डौ – प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक बिहीबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
आजको बैठकमा सरकार गठन विकल्प बारे छलफल हुने बताईएको छ। प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।
ओली निकट एक स्थायी कमिटि सदस्यका अनुसार माधवपक्ष संग छलफल गर्न विष्णु पौडेललाई पठाईएको छ। उनले भने हामि अति संवेदनशील मोडमा छौ। सायद आज यौटा निर्णय हुन्छ।
यस्तै उता विपक्षदल नेपालि कांग्रेसलाई पनि नयाँ सरकार गठनको आज अन्तिम समय हो ,देउवा ,प्रचण्ड ,उपेन्द्र यादवको पछि गत तिन दिनबाट छलफल चलिरहेको छ।

