प्रधानमन्त्री ओली सपथ खान जाने तयारिमा दौरा सुरवाल ढाँका टोपीमा सजिदै
वैशाख ३१ ,काठमान्डौ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो २:३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ ।प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
कल्पिक सरकारको गठनमा जुटेका नेपालि कांग्रेस ,माओवादी ,जसपाको एक समूह असफल भएपछि केपी शर्मा ओलीनै पुन : प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

