कलाकार शिवहरि पौडेलको अवस्था सामान्य छ ,जितु नेपाल
जेठ १ ,काठमान्डौ – शिवहरि पौडेल (मुखमा हान्नु) जस्तोबाट परिचित हाँस्य कलाकारको अवस्था सामान्य
रहेको र आफु नियमित पौडेलसंगै रहेको कलाकार जितु नेपाल (मुन्द्रे)ले बताएका छन्।
अहिलेको परिस्थितिमा उनको स्वास्थलाई लिएर अनावश्यक र भ्रामक कुराहरु नलेखीदिन पनि नेपालले आग्रह गरेका छन्। यस्ता समचारले पौडेलको मनोबल घटाउने र उनका परीवार,आफन्तजन,साथीभाई र दर्शकहरुलाई निरास र अन्योल नबनाईदिनु पनी उनले आग्रह गरेका हुन्।
एक हप्ता अगाडि पौडेललाई सामान्य रुघाखोकी र जीउ दुखेकोपछि घरनजिकैको मेडिकलमा चेक जाँच गरिएको थियो। उनीमाथि हल्का अक्सिजनको कमि देखिएपछि घरमा अहिलेको अवस्थालाई मध्यनजर गर्दै अस्पतालको निगरानीमा रहन चिकित्सकलेसल्हा दिएका थिए।
सोहि अवस्थालाई हेरी पौडेल मेडिकलमा छन् ,उनको अवस्था सामान्य रहेको र एक दुई दिनमै घर फर्किनेपनी जितु नेपालले बताए। पौडेलको विषयमा केहि मिडियाहरुले स्वास्थ्य अवस्था गम्भीर आईसियुमा उपचार भनेर सम्प्रेषण गरेका थिए।

