प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार पसार

जेठ २ ,धनगढी – प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसार पसार गरेको आरोपमा प्रहरीले एक युवकलाई प,क्राउ गरेको छ। कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय नरेशप्रसाद जोशीलाई प क्राउ गरिएको हो ।

सुदूर खबरपत्रिकाको परिचयपत्र बोकेका उनीबाट लागु औषध खैरो हिरोइन भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।

शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँडी गाउँपालिकाको वैवाहस्थित सीमा क्षेत्रबाट पक्राउ गरेको जनाएको हो ।

पक्राउ परेका उनीबाट ७ ग्राम खैरो हिरोइन, एउटा क्यामेरा, दुईवटा मोबाइल, विभिन्न बैँकका पाँच वटा चेक, एउटा एटीएम कार्ड, एउटा मोटरसाइकल र समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित जोशीलाई आवस्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको हो ।