Gold
Bangad salyan

भ्रममा नपर्नुहोस बादललाई भोट दिने कुनै निर्णय भएको छैन नेपाल

वैशाख ५, काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधव कुमार् नेपालले राम बहादुर थापा बादललाई भोट दिने कुनै निर्णय नभएको र कोहि भ्रममा नपर्न जानकारी गरेका छन ।

बादल हिजो नेपाल निवास कोटेश्वर पुगेर आफुलाई भोट्दिन आग्रह गरेका थिए ।तर नेपालले कुनै जवाफ नदिएपछि बादल फर्कीएका थिए ।

२०७४ मा एमाले-माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादल २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले-माओवादी एकता भंग गरिदिएसँगै एमालेमा प्रवेश गरेका हुन्।

बादल एमाले बनेपछि उनलाई माओवादीले केन्द्रले कारबाही गरेको हो। अहिले बादल एमालेको तर्फबाट उम्मेदवार बनेका छन।

नेपाल पक्षले बादलालाई सहयोग गर्न नसक्ने बताईसकेको छ। नेपाल पक्षका एक नेताका अनुसार बादल आफ्नो उमेद्वार नभएकोले नेपालले कुनै जवाफ दिनु भएन भोट हाल्ने कुरा पनी भएन उनले भने।

जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ। राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।

खिमलाल देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।