Gold
Bangad salyan

माधव कुमार नेपाल पनि पुगे बूढानीलकण्ठमा

जेठ ७ ,काठमान्डौ – एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल पनि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पुगेका छन्। केहि समय अगाडीमाता नेकपा माओवादी केन्द्रका अधय्क्ष पुष्पकमल दाहाल प्रचण्डपनि देउवा निवास पुगिसकेका छन्।

बिहान ९ बजेदेखि देउवा निवासमा कांग्रेस संसदिय दलको बैठक बसेको थियो ,बैठकले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

यो विषयमा देउवाले अन्य दलसंग पनि छलफल गर्दछन। राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोक्दै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रचण्ड र देउवाबीच आगामी कदमका लागि छलफल हुनेछ ।

जसमा माधव कुमार नेपाल जसपाक अध्यक्ष उपेन्द्र यादवपनि सहभागी भएका छन्। विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।