Gold
Bangad salyan

राष्ट्रपतिको कदम असंवैधानिक अनैतिक :देउवा

काठमान्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक मात्र नभएर अनैतिक काम गरेको आरोप लगाएका छन्।

पहिले पनि अल्पमतमा परिसकेका र फेरिपनि बहुमत जुटाउन नसके र मार्ग प्रसस्त गरिसकेका केपी शर्मा ओलीलाई नै निरन्तरता दिइएकोमा देउवाले विरोध गरे ।

शनिबार प्रेस विज्ञप्ति निकाल्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको जनाएका छन् ।

मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना सांसदहरूको हस्ताक्षरसहित तत्काल प्रधानमन्त्रीमा नियषुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो।

गए राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गरेपछि विपक्षी दलहरूले विरोध गरिरहेका छन्।नेपाली जनता सुतेको बेला मध्यरातिमा प्रधानमन्त्री र रास्ट्रपतिले प्रतिनिधि सभाको हत्या गरेको देउवाले बताएका छन्।