Gold
Bangad salyan

सर्वोच्चमा थप ७ जनाले वारेसमार्फत रिट दर्ता गराए सांसदको संख्या १५३ पुग्यो

जेठ १० ,काठमान्डौ – प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्नेको संख्या १५३ पुगेको छ।

आज १४६ जना सांसद सर्वोच्च अदालतमा पुगेर रिट दायर गरेका थिए ,थप ७ जनाले वारेसमार्फत दर्ता गराएपछि अब सांसदको संख्या १५३ पुगेको हो।

एमालेका माधवकुमार नेपाल पक्षका ५ जना सांसदले वारेसमार्फत रिट दर्ता गराएका हुन् । भने माओवादी केन्द्र र जसपाका १/१ जनाले पनि वारेस मार्फत रिट दर्ता गराएका हुन् । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वारेसमार्फत रिट दर्ता गराएका हुन् ।

यी हुन वारेसमार्फत रिट दर्ता गराउने सांसद ,
एमालेबाट : झलनाथ खनाल सुरेन्द्र पाण्डे कलिना खातुन नारायण खतिवडा मेटमणि चौधरी

माओवादीबाट सुरेन्द्र कार्की (राम कार्की) ,जसपाबाट डा. बाबुराम भट्टराई,

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ जना सांसदले हस्ताक्षर गरेका थिए ।विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल-नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनाउन दाबि गरेको छन्।