संसद्को रक्षाका लागि जस्तोसकुै कदम चाल्न तयार छु :सभामुख

जेठ ११,काठमान्डौ – सभामुख अग्नि सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार भएको बताएका छन् । नयाँ बानेश्वरमा पूर्व सभामुखसँगको अन्तरक्रियामा उनीहरुले यो कुरा बताएका हुन् ।

पूर्वसभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुईपटक संसद विघटन गरिएको हुँदा पूर्णयता असंवैधानिक रहेको बताएका थिए ।

पूर्वसभामुख रामचन्द्र पौडेलले देश संकटपूर्ण अवस्थामा रहेको बेला नै जनप्रतिनिधि सभा नभएको बताउँदै सदनबाटै निकास दिनुपर्ने बताएका थिए । त्यस्तै पूर्वसभामुख ओनसरी घर्तीले सरकार बन्ने अवस्था रहँदा रहँदै पनि संसद् विघटन हुनु दु:खद् भएको बताइन् ।

प्रतिनिधि सभा भनेको जनताको प्रतिनिधित्व गर्ने संस्था हो। चारैवटा विकल्प फेल हुने अवस्थामा बल्ल विघटन गर्ने व्यवस्था छ । प्रधानमन्त्री ओलीले त संविधान मिचेरनै विघटन गरेका छन्।

रक्षकले नै भक्षकको काम गरेको भन्दै निन्दा गरिएको उनले जानकारी दिइन् ।संविधानमा भएको व्यवस्थाअनुसार संसद्को विशेषाधिकारमाथि पनि छलफल भएको थियो ।