नेपालको राजनीतिक आन्तरिक मामिला :भारत

जेठ १२ ,काठमान्डौ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले आन्तरिक मामिला भएको बताएको छ ।

बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीलाई त्यहाँको पत्रकारले नेपालको राजनीति बारेमा राखेको प्रश्नमा नेपालको राजनीतिक आन्तरिक मामला भएको प्रतिकृया दिएका हुन् ।

हामीले नेपालको राजनीतिक घटनाक्रमलाई नोट गरिरहेका छौ तर त्यो नेपालको आन्तरिक मामला हो बागाचीले भनेका छन्। नेपालको राजनीतिक समस्या नेपाललेनै समधान गर्नुपर्छ ।

एक छिमेकीका रुपमा नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा भारतको समर्थन सधैँ अडिग छ,’उनको जवाफ थियो ।