प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको सुनुवाइ हेर्दा हेर्दैमा

जेठ १४ ,काठमान्डौ – प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको सुनुवाइ शुक्रबार हेर्दा हेर्दैमा राखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो।

विघटनविरूद्ध परेका रिटउपरको सुनुवाइ संवैधानिक इजलासमा लगिएको थियो।विभिन्न पाँच राजनीतिक दलको तर्फबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने, प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने लगायत माग राखेर निवेदन दिइएको थियो।