नारायणकाजी श्रेष्ठ गृहजिलामा अक्सिजन सिलिन्डर हस्तान्तरपछि कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी बुझ्दै
जेठ १६ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता तथा पार्टीकाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गृहजिल्ला पुगेर गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा रहेका पाँच स्थानीय स्वास्थ्य केन्द्रहरुकालागि १० वटा स्थानीय स्वास्थ्य केन्द्रहरुमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन्।
श्रेष्ठले अजिरकोट, सिरान्चोक, पालुङ्गटार, गण्डकी र आरुघाटमा २ वटा अक्सिजन कन्सेनत्रेटर (सहिद लखन र भीमसेन गाँउपालिकाहरुको लागी) हस्तान्तरण गरेका हुन् ।
साथै नेता श्रेष्ठले जिल्लामा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे प्रमुख जिल्ला अधिकारी नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानक प्रमुखहरुसँग छलफल गरेका छन्।
गोरखामा आहिले कोरोना संक्रमणले तिब्र रुपले लिने संकेत देखिएपछि स्वस्थ्यकर्मीलाई घर घरमा पुगेरा एण्टिजेन जाँच गर्न लगाईएको छ।
जसको लागि प्रदेशबाट स्वास्थ्यकर्मी गोरखा पुगेका छन् भने गाँउपालिका अध्यक्ष बिष्णु भट्टले स्थानीय स्वास्थ्य संस्थाका स्वस्थ्यकर्मीलाई पनि घर घरमा परिचलान गरेका छन्।पछिल्लो समययता गोरखामा कोरोना संक्रमणसंग मिल्दो जुल्दो लक्षणले गाँउभरिने बिरामी फेला परेका छन्।