एमाले स्थायी कमिटी बैठक स्थगित
जेठ १६ ,काठमान्डौ – एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा आज बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
आइतबार दिउँसो ५ बजेका लागि बोलाइएको बैठक सोमबार बिहान १० बजे बस्नेगरी स्थगित भएको श्रोतले जनाएको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार शनिबार सार्वजनिक भएको बजेटलगायत समसामयिक विषयमा छलफल गर्नु पर्ने भएकाले आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

