Gold
Bangad salyan

कर्णाली प्रदेश सरकारमा काङ्ग्रेसका दुई मन्त्रीको नाम सिफारिस

सुर्खेत – कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसले दुई मन्त्रीको नाम सिफारिस गरेको छ ।

काँग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको हो ।

आज साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेका संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।

काँग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका लागि सरकारलाई सिफारिस गरेको हो । थप जानकारी भोलि मात्र थाहा हुने शाहीले बताए ।