सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत दिदा जिवनभरीको आत्मसन्तुष्टी पाए : नायिका खड्का
असार ५ , काठमान्डौ – अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत उप्लब्ध गराएकि छिन ।
उनी हाम्रो टिम नेपाल सहित बाढी क्षेत्रमा पुगेर ११ लाख बराबरको खाद्यान्न लत्ता कपडा लगायत अत्यावश्यक स्वामग्रीहरु हस्तान्तरण गरेकि हुन ।
त्यस्तै नायिका खड्काले बाढी पिडितलाई सहयोग गर्दा जिन्दगीमा आत्मसन्तुष्टी मिलेको बताईन ।
रोड संजालबाट विच्छेद भएका विकट गाउँहरुमा राहत बोकेको गाडी जान नसक्दा उनिहरुले प्रभुको हेलिकोप्टर मार्फत सिन्धुपाल्चोकको बाढी क्षेत्र हेलम्बु सेर्काथली, तिम्बु, हल्दे , चालिसेमा राहात पुर्याएका हुन ।
त्यस्तै आफुहरुको यो काम निरन्तरता हुने र सबैको सहयोगको अपेक्षा रहेको पनि नायिका खडकाले बताईन । आफुहरुलाई राहत सहयोग गर्नेको नामलिस्ट पनि सार्वजनिक गर्ने उन्ले बताएकि छिन ।
गत मंगलबार मेलम्ची र ईन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकका विभिन्न गाउँ बजारमा अर्बौं धन जनको क्षति पुर्याएको छ ।
बाढीमा परेर २० जना वेपत्ता छन उनिहरु हाल सम्म फेला पर्न सकेका छैन्न्न ।नेपाली सेनाले उनिहरुको खोजीतलास गतिरहेको छ ।

