उपत्याकामा थप दश दिन निषेधाज्ञा थप्ने तयारी
काठमान्डौ – काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका छन् ।
उपत्यकामा केहि मोडालिटीलाई परिवर्तन गरेर निषेधाज्ञालाई निरन्तरता दिईने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारि भईरहेको छ ,एकै पटक निषेधाज्ञा खोल्दा झनै संक्रमणले महामारी ल्याउन सक्छ।
केहि दिन देखि संक्रमणदर देखिएपनि महामारी उस्तै रहेको र मृतकको संख्यामा समेत भने जस्तो कमि आउन सकेको छैन उनले भने। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि जारी निषेधाज्ञालाई मध्यनजर गर्दै बार तोकेर सबै खाले पसल खोल्ने समेत निर्णय गरिसकेको छ।
सीसीएमसीको गएको बुधबारको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । सवारीसाधन जोर,बिजोरगरेर चलाउने कि भन्ने पनि कुरा उठेको छ भोलि आईतबारको बैठकमा थप केहि निर्णय हुने पनि पराजुलीले बताए।
पछिल्लो समय जारी गरेको निषेधाज्ञा ७ गते राति मध्यरातपछि सकिदै छ। कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले गत बैशाख १६ गते देखि निषेधाज्ञालाई निरन्तरता दिईरहेको छ।

