उपत्यकामा निषेधाज्ञामा खुकुलो :निजी सवारीमा जोरबिजोर
काठमान्डौ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थपिएको छ । तर निषेधाज्ञालाई थप खुकुलो बनाएर निजी सवारीमा जोरबिजोर प्रणाली लागू गरिएको छ। ट्याक्सी पनि तोकीएको प्रणालीमा चल्न पाउने छन्।
यस्तै फेन्सी ,कपडा पसल ,सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्चालन गर्न दिइने भएको छ
। उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबारको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाइएको हो ।
गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा असार ७ गते सकिदै छ। यो संगै अब जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहनेछ ।

