Gold
Bangad salyan

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिदै

असार ७ काठमान्डौ – ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ ।
युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला सहित तिन जनालाई हिजो प्रहरीले पक्राउ गरेको थियो । घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरीमा दिएकि छि।

संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना सल्बलाएको हो ।त्यसतै पछिल्लो समय संग्रौलाले सामाजिक अभियान्ताका नाममा ठग्ने गरेको समेत सामाजिक सञ्जालमा आरोप लागेको छ।