Gold
Bangad salyan

विदेशी शक्तिको चलखेल नहोस भनेरै पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको हौ : प्रचण्ड

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिको चलखेल नहोस भनेरै पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिएका छन् ।

विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरुसँगको छलफलमा बोल्दै दाहालले परिस्तिथि गम्भीर भएकै कारण अपिल गरेको पनि बताए।

यस्तै अहिले पाँचदलको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर गरिएको र लामी समयसंग संजी जाने समेत दाहालले बताए।

त्यसतै अहिलेको सङ्घर्ष कसलाई प्रधानमन्त्री बनाउने भन्ने नभइ राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको रहेको प्रचण्डले बताए।

अध्यक्ष प्रचण्डले २०४६ साल र २०६२/०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरङ्कुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइ पुर्‍याएकाले आन्दोलन सफल हुने बताए।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह पनि गरे । त्यस्तै दाहालले सर्वोच्च अदालतमा आफूहरूको कुनै शेटिङ नभएको बताएक छन्।

मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलाअघि आफूले बोलेको कुरालाई शेटिङ भन्दै टिप्पणी गरिएको छ , हामिहरु आफूहरू शेटिङ गरेर शासन गर्नेवाला होइनौ हेक्का रहोस अध्यक्ष प्रचण्डले भने।