Gold
Bangad salyan

थप २४४४ जनामा काेराेना सङ्क्रमण ४२ जनाको निधन

असार १४ ,काठमान्डौ – गत पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप ४२ जनाको निधन भएसंगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ९ हजार ५१ पुगेको छ। हाल नेपालमा ३७ हजार नौ सय ५० जना सक्रिय सङ्क्रमित रहेकोमन्त्रालयले जनाएको हो।