निषेधाज्ञाको बेला पीसीआर रिपोर्टविना कोठा खोज्न हिँडेको भन्दै रुपा सुनारविरुद्द प्रधानको उजुरी
असार १६ ,काठमाण्डाै- रुपा सुनारले आफूलाई विनाकारण थुनाएको भन्दै सरस्वती प्रधानले मानवाधिकार सामु निवेदन दिएकि छिन्। प्रधानले निवेदनमा रुपा सुनारसंग कोठा खोज्न पुगेका सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने उनले माग राखेकी छिन् ।
रुपा सुनारलाई कोठा नै आवस्यक नभएको र आफूलाई फसाउन यो जालसाझ गरेको उनले बताएकि छिन्। त्यस्तै आफूले केहि नभनेपनि रुपा आफैले कामिको छोरी रहेको र अनुमतिविनानै आफ्नो आवाज रेकर्ड गरेको भन्दै प्रधानले रुप सुनारविरुद्द निवेदन दिएकि हुन्।
धानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्टविना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, आपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरीविना फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरीत भएकाले कारबाही गरिनु पर्ने बताएकि हुन् ।
आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मञ्जुर विना मेरो फोन रेकर्ड गरी त्यही प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिइ गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहीपूर्वक थुनाएको प्रधानको निवेदनमा उल्लेख छ ।
असार १ गते रूपा सुनारले दलित भएको कारण कोठा नदिएको भन्दै उनले प्रहरी वृत्तमा उजुरी दिएसँगै प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अहिले उनि रिहा भएकि छिन्।
रुप सुनारलाई जातीयविभेद गरेको भन्दै अहिले सरस्वति प्रधानविरुद्द चौतर्फी विरोध भएको छ भने प्रधानलाई रिहा गराउने शिक्षा मन्त्रि कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गरिएको छ।

