भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय
असार १७ काठमाण्डाै- सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री वसन्तकुमार नेम्बाङले जानकारी दिए । योसँगै राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ ।
नेपाल-अंग्रेज युद्धका योद्धा थापालाई लामो समयदेखि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिँदै आएको थियो । ७३ वर्षको उमेरमा देउथलमा तत्कालीन इस्ट इन्डिया कम्पनी (अंग्रेज) विरुद्ध खुकुरी लिएर लडेका थापाको यही लडाइँमा मृत्यु भएको थियो ।
राष्ट्रिय विभूतिहरू
गौतम बुद्ध,अंशुवर्मा,सीता,जनक,अरनिको,रामशाह,अमरसिंह थापा,पृथ्वीनारायण शाह,भानुभक्त आचार्य,भीमसेन थापा,बलभद्र कुँवर,त्रिभुवन,मोतीराम भट्ट,शङ्खधर साख्वा,पासाङल्हामु शेर्पा,महागुरु फाल्गुनन्द,भक्ति थापा

