Gold
Bangad salyan

माओवादी नेत्री पम्फा भुसाललाई मातृ शोक आजै अन्त्यस्टि गरियो

असार ,२१ काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उनकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

उनको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोक सन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले स्व.भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण उनको सचिवालयले जनाएको हो भने नेकपा माओवादी केन्द्रका नेता पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभावकर अन्य केन्द्रका सम्पूर्ण नेता कार्यकर्ताहरुले स्व.भुसालप्रति श्रदान्जली ब्यक्त गरेका छन्।तस्विर : जनार्दन शर्मा प्रभावकरले स्व.भुसालप्रति श्रदान्जली ब्यक्त गर्दै