Gold
Bangad salyan

आँपगैरा काडासुरममा सिचाइ कुलोको उद्घाटन पछि बर्षौदेखि किसानको समस्या हल : प्रमुख सचेतक बिष्ट

सुर्खेत – कर्णाली प्रदेस संसदिय दलका प्रमुख सचेतक माननीय श्री ठम्मर बहादुर बिष्ट्ले गुर्भाकोट नगरपालिका ११ आँपगैरा काडासुरममा सिचाइ कुलोको उद्घाटन गरेका छन्।

नेकपा माओबादी केन्द्र कर्णाली प्रदेस सभा सद्स्य बिष्टको प्रमुख आतिथ्यामा उक्त सिचाई कुलोको उद्घाटन सम्पन्न भएको हो।बिष्टले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत रु १८ लाख सिचाई कुलोलाई बिनियोजन गरेका थिए।

उक्त क्षेत्रका बासिन्दाले लामो समयदेखि सिचाईको सास्ती भोग्नु परेको थियो। सिचाइ कुलो निर्माण संचालनपछि आँपगैराबासि सम्पूर्ण कृषकहरुलाई कृषि उत्पादनमा जोड संगै व्याबसायिक कृषि पेसामा सहज हुने भएपछि स्थानीय हर्षित भएका हुन ।

जनताप्रति उतर्दायी बन्दै विकासका काम कारबाहीका योजना संचालन र बजेट विनियोजन गरेको भन्दै माननिय ठम्मर बहादुर बिष्टप्रति स्थानीयहरुले धन्वाद व्यक्त गरेका छन् ।

साथै सोही कार्यक्रमका बिच माननीय बिष्टले सोहि क्षेत्रमा संचालन भइरहेको मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगतको सडककको पनि अनुगमन गरेका छन्। उक्त सडकको लागि रु २५ लाख रुपया बिनियोजन भयको थियो ।

सचेतक बिष्टले पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा विकासका आयोजनालाई तिब्रताका साथ प्राथामिकतामा राखेर सम्पनन गरिरहेका छन्। धमा -धाम आयोजना उद्घाटन र बजेट विनियोजन पछि कर्णाली जनताले उनलाई विकासवादी नेता भनेर चिन्ने गरेका छन्। बिष्टले विनियोजन गरेका अझै थुप्रै योजना सम्पनन हुने तयारिमा छन्।