Gold
Bangad salyan

यस्तो हुन्छ जंगल बसाउने दुर्लभ वन्यजन्तु कस्तुरीको बिना जसको मूल्य अनगिन्ति

काठमान्डौ – प्रहरीले दुर्लभ वन्यजन्तुका अंग र हतियार राखेका अवस्थामा चार चिनियाँ नागरिकलाई ठमेलबाट पक्राउ गरेको छ। उनीहरुलाई सोमबार राति काठमाडौं महानगरपालिका वडा नम्बर १७ ज्याठा क्वाबाहालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

चीनको युनान प्रान्तका ३१ वर्षीय झाओ पेनुछेङ, हुबेइका ३४ वर्षीय मा जीङविन, हेनानका ३१ वर्षीय नुइ युलियाङ र गुआङडोङका २८ वर्षीय पेन हुइ पक्राउ परेका हुन्।

ठमेलमा वेनलोङ सीले जियानघु खाजन’ नामक चिनियाँ होटल सञ्चालन गरेका छन्। होटेलमा बसेर चिनियाँ नागरिकहरुले माझोङ चिनियाँ खेल खेलिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

उनिहरुलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिएको हो। जुवातास तथा सट्टेबाजी भईरहेको जानकारीपछि प्रहरी गस्तीले अनुसन्धान गर्दै जाँदा प्रहरीले उनीहरूबाट ८ लाख ८९ हजार १५५ रुपैयाँसमेत बरामद गरेको छ।

साथै प्रहरीले माझोङ खेल्न प्रयोग हुने दुइटा विद्युतीय टेबल, माझोङका ४१० वटा गोटी पनि बरामद गरेको थियो। यस्तै सामानको साथमा वन्यजन्तुका अखेटोपहार, बुद्धचित्त, हतियारलगायत पनि बरामद गरिएको छ भने उनीहरूबाट एउटा बाघको छाला, बाघको दाँत, गाईको जस्तो देखिने छाला, २० वटा कस्तुरीको बिनाजस्तो देखिने सामग्री बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।

त्यसैगरी दुई वटा खुकुरी, तरबार, ९ सय बुद्धचित्त, २० किलो रुद्राक्ष, ३५ वटा एटिएम, भौचरलगायत सामान पनि प्रहरीले उनीहरूबाट बरामद गरेको हो।जुवा खेल्ने गरेको जानकारी पछि प्रहरी टोलि सर्च अभियानमा गएको थियो तर अवैध सामानहरू बरामद भएको छ ,यी सामान नेपालमा दुर्लभ हुन्।

उनीहरुले यी सामान चीन लगायतका विभिन्न देशमा सप्लाई गरेको हुनसक्ने सिंहले बताए। यस्तै यी चिज कँहा बाट कसरी ल्याईयो भन्ने पनि अनुसन्धान भईरहेको छ । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिएको सिंहले बताए।