Gold
Bangad salyan

जातिय विभेद गर्ने प्रधानलाई संरक्षणको आरोप लागेका पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौ – जातीय विभेद गरी कोठा भाडमा नदिएकि घरबेटी सरस्वती प्रधानलाई छुटाउने गरेको आरोप लागेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अगाडि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

आज बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको हो ।

पूर्वमन्त्रीबिरूद्ध रूपा सुनारको जाहेरी रितपूर्वक दर्ता गरेर अनुसंधान अघि बढाउन आदेश दिएको हो ।

सञ्चारकर्मी रुपा सुनार बबरमहलस्थित कोठा खोज्न जांदा उनी दलित भन्ने थाह पाएपछी घरबेटी सरस्वती प्रधानले कोठा दिन अस्विकार गरेकी थिइन ।

जातकै कारण आफुलाई कोठा दिन अस्विकार गरेपछी रुपाले प्रधानविरुद्ध उजुरी दिएकि थिइन । तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमानि दिएकैबेला मन्त्री श्रेष्ठले प्रहरीचौकीमा पुगेर प्रधानलाई रिहा गरेका थिए ।

रिहा पछि श्रेष्ठले आफ्नै झन्डावाला गाडीमा राखेर प्रधानलाई लगेपछी चौतर्फी विरोध भएको थियो ।

मन्त्री श्रेष्ठले पदिय अहोदाको ख्याल नगरि मुद्दालाई प्रभावित पारेपछि राजिनामा माग गरिएको थियो भने रुपाले श्रेष्ठलाई तत्काल कारबाहीको माग गर्दै अदालतमा उजुरी दिएकि थिइन ।