Gold
Bangad salyan

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी एका एक बिरामी मिर्गौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरको भनाई

काठमाडौं – हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की कलाकार पल्पसा डंगोल (चम्सुरी) एक्कासी बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ।

मिर्गौला सम्बन्धी समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो। चम्सुरीलाई केहि अगाडिपनि मृगौला सम्बन्धि समस्या परेपछि अस्पताल लागिएको थियो।

उनि करिब एक महिना अस्पताल भर्नमा पछि घर फर्कीएकि थिइन्। उनलाई फेरी मृगौला सम्बन्धि सास्या देखिएपछि अस्पताल भर्ना गरिएको कलाकार दीपा श्री निरौलाले बताईन।

दीपाका अनुसार मिर्गौला समस्याका कारण केही समयदेखि चम्सुरीको डायोलोसिस गर्दै आईएको थियो । अहिले उनको डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएको दिपाले बताईन ।

चम्सुरीको अवस्थाबारे दीपाले सामाजिक संजालमार्फत तस्विर सार्वजानिक गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी गरेकी छिन भने सहयोग पनि गर्न आग्रह गरेकी छिन। चम्सुरीले ‘मेरी बास्सै लगायत थुप्रै टेलीफ्लिम ,म्युजिक भिडियोमा काम गरेकी छिन। उनलाई दर्शकले चम्सुरीको नामले चिन्ने गर्दछन।