देउवालाई केपी ओलीले बधाई दिदै हात मिलाए
काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा निवर्तमान केपी शर्मा ओलीले बधाई दिदि हात मिलाएका छन्। ओली देउवाको शपथग्रहण कार्यक्रममा भने सहभागी भएका थिएनन।
आइतबारदेखि सुरु पुन:स्थापित प्रतिनिधिसभाको बैठकमा पुगेका ओली भने बोलेनन। उनले आफ्नो दलको तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीलाई बोल्न लगाएका थिए।
देउवाले आज संसद्मा विश्वासको मत प्राप्त गरेका छन्। देउवाले मागेको विश्वासको मतमा हुन्छ भन्नेमा १६५ र हुन्न भन्नेमा ८३ मत प्राप्त भएको र १ मत दिन्न भन्नेमा परेको छ । देउवाले आफूमाथि विश्वासको छ भन्नको लागि १ सय ३६ मत आवश्यक पर्छ । आजको सांसद उपस्तिथित संख्या २४९ रहेको थियो।